प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

माओवादी केन्द्रले गर्‍यो शपथ ग्रहण बहिष्कार

प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका हुन्। 

मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्। नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी हुन्। 

मुख्यमन्त्रीको शपथ पश्चात प्रदेश प्रमुख पर्शुराम खापुङले नै अन्य मन्त्रीहरूलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेपनि हाल उनीहरूलाई कुनै जिम्मेवारी हस्तान्तरण गरिएको छैन्। 

मुख्यमन्त्री कार्कीले प्रदेशका १३ वटै मन्त्रालय आफैसँग राखेका छन्। शपथ ग्रहण पश्चात अन्नपूर्णसँग छोटो कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड भने केहीदिनमै हुने बताए। 

प्रमुख सत्ता साझेदार दलसँग छलफल गरेर थप मन्त्रिपरिषद विस्तार र जिम्मेवारी बाँडफाँडको गरिने उनले जानकारी दिए।

आइतबार साँझ शीर्ष नेताहरूले प्रदेश १ को मुख्यमन्त्री पुरै कार्यकालका लागि एमालेलाई नै दिने सहमति गरेपछि माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो। 

मुख्यमन्त्रीले ३ जना मन्त्री नियुक्त गरेपनि प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) भने सोमबार आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी भएन्। 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पूर्व मन्त्रीको हैसियतले शपथ ग्रहण समारोहमा सहभागी भएपनि दलका अन्य सांसद तथा नेताहरूको उपस्थिति देखिएन्। 

  • शीर्ष तहमा आइतबार साँझ गरिएको सहमति नसच्याएसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने
  • प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले र माओवादीलाई आलोपालोको व्यवस्था मिलाउनुपर्ने माओवादीको माग

आइतबार साँझ शीर्ष नेताहरूले प्रदेश १ को मुख्यमन्त्री पुरै कार्यकालका लागि एमालेलाई नै दिने सहमति गरेपछि माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो। 

प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले र माओवादीलाई आलोपालोको व्यवस्था मिलाउनुपर्ने माओवादी केन्द संसदीय दलका नेता इन्द्रबहादुर आङबो बताउँछन्। 

शीर्ष तहमा आइतबार साँझ गरिएको सहमति नसच्याएसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने उनले जानकारी दिए।

एमाले र माओवादी दुवै दलका शीर्ष नेताहरूले यसअघि प्रदेश सरकारमा आलोपालो हुने बताएका थिए। मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जानुअघि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पनि प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू परिवर्तन हुनसक्ने बताएका थिए। 

तर, आइतबार साँझ शीर्ष नेताहरूले सहमति उल्ट्याई दिएपछि प्रमुख सत्ता साझेदार दलले असन्तुष्टि जनाएको हो। 

केन्द्रिय भागबण्डा अनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाएको छ। उपसभामुख पनि एमालेलाई नै दिने तयारी छ। तर, मुख्यमन्त्री आलोपालो गर्ने विषय कतै उल्लेख गरिएको छैन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.