गोरखकाली रबर उद्योग चलाउन चिनियाँ चासो

गोरखकाली रबर उद्योग चलाउन चिनियाँ चासो

गोरखा : विगत आठ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न चिनियाँले चासो देखाएका छन्। बन्द रहेको उद्योग पुनः सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्न अलग–अलग दुई चिनियाँ टोली आएका छन्।

पछिल्लो पटक मंसिर १४ गते बुधबार चिनियाँ व्यवसायीहरूको टोलीले उद्योगको अवलोकन भ्रमण गरेको सो टोलीको दोभाषेका भूमिकामा रहेका दिनेश खनालले जानकारी दिए। ‘पहिले पनि प्राविधिकसहितको टिमले उद्योगको अध्ययन भ्रमण गरेको थियो’, उनले भने, ‘अहिले तीनजनाको टोलीले अध्ययन गरेको हो। यो टोलीमा प्राविधिक चाहिँ थिएनन्।’ टोलीमा झेन जिसेङ, चेन विङगुओ र काओ सेनकुन रहेको उनले बताए। उनीहरूमध्ये एकजना चिनियाँ सरकारी निवृत्त अधिकारी हुन्। अरू दुईजना व्यापारी रहेको खनालले बताए।

उनीहरूले उद्योगको वर्तमान अवस्था, मेसिन, प्रविधि, भौगोलिक अवस्थिति, अवस्था आदिको अवलोकन गरेको खनालले बताए। ‘चीनमा २० वर्षअघि नै फेजआउट भएको मेनुअल प्रविधि यहाँ रहेछ, जुन प्रविधि फेर्नुपर्छ भनेका छन्’, उनले भने, ‘प्राविधिकलाई मेसिनको बारेमा विस्तृत अध्ययन गराएर यसको मर्मत खर्चसम्बन्धी रिपोर्ट निकालेर नेपाल सरकारसित संवाद गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छन्। नेपाल सरकारले सञ्चालन मोडालिटी बनाएर अनुमति दियो भने चलाउने भनेका छन्।

उद्योगको अवलोकन गर्न आएका चिनियाँ टोलीलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना तथा सो उद्योग रहेको वडा नं. १३ की वडाध्यक्ष मित्रा परियारले स्वागत गरेका थिए। यसअघिको प्राविधिकसहितको चिनियाँ टोलीले मर्मत खर्च लागतसमेतको रिपोर्ट तयार गरी तत्कालीन उद्योगमन्त्री मातृका यादवलाई पेस गरेका थिए। 

मन्त्री यादवले पुराना कर्मचारीलाई हरहिसाब गरी भुक्तानी गर्ने र सञ्चालन मोडालिटीबारे सूचना प्रकाशित गर्ने आश्वासन दिएका थिए। तर, कर्मचारीलाई बक्यौता भुक्तानी मात्र गरेका थिए भने, सञ्चालन मोडालिटीबारे कुनै सूचना प्रकाशित गरेका थिएनन्।

चिनियाँ कम्पनीद्वारा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको गोरखकाली रबर उद्योग विगत लामो समयदेखि बन्द रहे पनि गत २०७१ चैत २१ गतेबाट पूर्ण रूपमा बन्द भएको थियो।

त्यसयताको हरेक निर्वाचनमा नेताहरूले गोरखकाली रबर उद्योग सञ्चालन गर्ने एजेन्डालाई आफ्नो घोषणापत्रमा समेट्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.