पर्वतबाट प्रतिनिधि र प्रदेशसभा सबैमा एमाले विजयी

पर्वतबाट प्रतिनिधि र प्रदेशसभा सबैमा एमाले विजयी

कुश्मा : पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भएका हुन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन्। गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गरेका छन्। जोशीले २७ हजार ६ सय ९ मत ल्याए। 

प्रदेश सभा १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गराए। भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरे । उनीहरुको बिचमा २ हजार ३ सय ३९ मतको अन्तर रहेको छ । 

प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गरेका छन्। तिवारी र बस्यालका बिचमा १ हजार ९ सय २२ मतको अन्तर भएको छ । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.