पर्वतमा कांग्रेसका जोशीको लगातार अग्रता कायमै

पर्वतमा कांग्रेसका जोशीको लगातार अग्रता कायमै

कुश्मा :  पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ। 

पर्वतमा खसेको ६६ हजार २ सय ७३ मतमध्ये अपराह्न ४ बजेसम्म  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मतगणना गरिएको छ। 

जसअनुसार गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ६ सय ९८ मतान्तरले पछि पारेका छन्। 

जोशीले ८ हजार ४२ मत प्राप्त गरेका छन् भने गिरीले ७ हजार ३ सय ४४ मत प्राप्त गरेका छन्। त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. १ तर्फ गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले ७ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले ७ हजार ५ सय ९१ मत प्राप्त गरेका छन्। 

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ तर्फ गठबन्धनको तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले १ हजार  ५ सय ५० मतले पछि पार्दै अग्रता कायम राखेका छन्। पछिल्लो  परिणाम अनुसार कांग्रेसका तिवारीले ५ हजार ८ सय २३ र एमालेका बस्यालले ७ हजार ३ सय ७३  मत प्राप्त गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार मतगणना कार्य तीव्र रूपमा अघि बढिरहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.