पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै
कुश्मा : पर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कुल खसेको ६६ हजार २ सय ७३ मतमध्ये बिहान ६ बजेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८ हजार ८ सय ५२ मत गणना गरिएको छ । जसअनुसार गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ४ सय ८६ मतान्तरले पछि पारेका छन् । जोशीले ४१५७ मत प्राप्त गरका छन् भने गिरीले ३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. १ तर्फ गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले ३ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले ३ हजार ८ सय १२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ तर्फ गठबन्धनको तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले ५ सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन् । पछिल्लो परिणाम अनुसार कांग्रेसका तिवारीले ३ हजार १ सय ७१ र एमालेका बस्यालले ३ हजार ७ सय मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार मतगणना कार्य तीब्र रुपमा अघि बढिरहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।