पर्वतमा मतगणना सुरु

पर्वतमा मतगणना सुरु

कुश्मा : पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवा ४ बजेबाट मतगणना सुरु भएको हो। जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत खसेको छ। 

मतगणना कार्यमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली तर्फको जलजला गाउँपालिका भोटेडाँडा केन्द्र र पैञ्यु गाउँपालिकाको टकलाक 'क' केन्द्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुंगानाले जानकारी दिए।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख २२ हजार ६ सय ४९ जना मतदाता छन्। यो निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ। 

पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन्। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १२ जना, प्रदेश नं. १ तर्फ ९ र प्रदेश नं. २ तर्फ ७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.