पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

कुश्मा : नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ। चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्बरको जीपमा गए राती आगजनीको प्रयास भएको हो। जिल्लाको जलजला गाउँपालिका-१ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिए। 

चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँगामुडा सहित आगजनीको प्रयास भएको उमेदवार कुँवरले बताएका हुन्। उनले जनताको घरमा नै बास बसिरहेको बेलामा केही युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास भएको बताए। उमेदवारसँगै रहेका सहयोगीहरु र स्थानीयबासीका कारण थप कुनै ठूलो क्षति नभएको कुँवरको भनाइ छ। 

उम्मेदवार कुँवरले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो। डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ। टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुर्‍याएको छ। गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति नभएको कुँवरले जानकारी दिए। 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाअध्यक्षका उमेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको एमालेको भनाइ छ। कुँवरले आफ्नो जीत सुनिश्चित देखेपछि विरोधीहरु आत्तरिएर आफूहरु माथि सांगातिक आक्रमणमा उत्रिएको बताए। 

उक्त घटनापछि नेकपा एमाले पर्वतले उम्मेदवारको ज्यान लिने उद्देश्यका साथ भएको उक्त घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग गरेको छ। एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले एमालेको पक्षमा जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उमेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भीरतापूर्वक लिएको बताए। उनले आरोपितहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन्।

घटनामा संलग्न नरबहादुर रोकाया नाम गरेका युवालाई घटनास्थलबाट स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। थप युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भैरहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.