राजारानी क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

राजारानी क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

विराटनगर : सहलेश युवा क्लबलाई १-० ले गोलान्तरले पराजित गर्र्दै राजारानी क्लब बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल पुगेको छ। 

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको गोल्डकपमा राजारानीलाई फाइनल पुर्‍याउन परिवर्तित खेलाडी सुनील खड्काको गोल र गोलरक्षक पुजन होनाको प्रदर्शन उत्कृष्ट रह्यो। 

खेलको एकमात्र गोल दोस्रो हाफको ७२ औं मिनेटमा निशान लिम्बूको स्थानमा मैदान प्रवेश गरेका खड्काले गरेका थिए। उमेश कार्कीको प्रहार सहलेसको पोस्टमा लागेर फर्किएपछि आएको रिबन्ड बलमा उनले गरेको प्रयासले जाली चुमेको थियो।

खेलको ५३ औं मिनेटमा राजारानीले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो। सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि राजारानीले पेनाल्टीको मौका पाएको थियो। 

तर पेनाल्टी प्रहार गर्न आएका टेकराज बुढाथोकीको प्रयासलाई सहलेशका गोलरक्षक सुनारले उत्कृष्ट बचाउ गर्दै खेलमा राजारानीलाई अग्रता लिनबाट रोकका थिए।

सहलेशका गोलरक्षक सुनार पेनाल्टीमा चम्किँदा राजारानीका गोलरक्षक होना खेल अवधिभर छाइरहे। सहलेशका खेलाडीले गरेको आधा दर्जन प्रयासलाई उनले विफल पार्दै राजारानीको अग्रता जोगाइराख्न सफल भए र अन्तिममा जित दिलाए।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना गोल्डकपको दोस्रो सेमिफाइनलको उत्कृष्ट खेलाडी साबित भए। उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरे।

दोस्रो सेमिफाइनलमा विजयी भएसँगै राजारानीले फाइनलमा विभागिय टोली एपिएफसँगको भेट पक्का गरेको छ। 

हिजो भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लबलाई २-१ गोलान्तरले पाखा लगाउँदै एपिएफले फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुँदैछ। प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसबाहेक, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिड फिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.