गठबन्धनलाई असहयोग गरेको भन्दै गण्डकीका मुख्यमन्त्रीले गरे ऊर्जामन्त्रीलाई बर्खास्त

गठबन्धनलाई असहयोग गरेको भन्दै गण्डकीका मुख्यमन्त्रीले गरे ऊर्जामन्त्रीलाई बर्खास्त

पोखरा : गण्डकी प्रदेशका ऊर्जा स्रोत मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्।

सत्ता गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री आचार्यलाई बर्खास्त गरेका हुन्।

उनलाई बर्खास्त गरेको पत्र आजै मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दिएका थिए।

सोही पत्रका आधारमा मन्त्रिपरिषद्को जिम्मेवारी प्रदेश प्रमुखले हेरफेर गरे‍को सूचना उनको कार्यालयले प्रकाशित गरेको छ। अब गण्डकी मन्त्रिपरिषद् ११ सदस्यीय मात्र भएको छ।

आचार्यले गोरखा २ (१) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

बाबुराम भट्टराईको पार्टीबाट मन्त्री बनेका आचार्यले पछि उम्मेदवारी फिर्ता भने लिएका थिए । उनको पार्टी नेपाल समाजवादी पार्टी भने सत्ता गठबन्धनमा सामेल छ । तर ,आचार्यले गोरखामा एमालेलाई सहयोग गरेको आरोप छ । 

गोरखा २ (ख) बाट प्रदेश सभामा बाबुराम भट्टराईनिकट फणीन्द्र देवकोटा सत्ता गठबन्धनबाट उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.