विराटनगरमा डेंगु नियन्त्रण अभियान

विराटनगरमा डेंगु नियन्त्रण अभियान

विराटनगर : डेंगु संक्रमणको जोखिम नियन्त्रणका निम्त्ति विराटनगर-८ मा ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ।

पछिल्लो समय डेंगु संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि बुधबारदेखि वडा नं. स्थित शान्ति चौकबाट उक्त अभियान सुरु भएको हो। अभियान अन्तर्गत वडा क्षेत्रभित्र लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने कार्य गरिनेछ।

यसले डेंगु रोगको निगरानी, सम्भावित महामारीको तयारी र रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने विश्वास लिईएको वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले बताए। डेंगु रोगको जोखिम नियन्त्रणका निम्त्ति असोज ३१ गते वडा कार्यालयले स्थानीय जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र स्थानीय बासिन्दासहितको उपस्थितिमा उक्त अभियानसम्बन्धी अभिमुखीकरण समेत सम्पन्न गरिसकेको छ।

पहिलो चरणमा वडा कार्यालयले शान्ति चौकदेखि जतुवासम्मको क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरि सम्पन्न गरेको छ। वडाले भने आम नागरिकमा डेंगु रोग सम्बन्धी जनचेतना समेत फैलाईरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.