पर्वतको धारापानीमा करेन्ट लागेर एकको मृत्यु, १२ घाइते

पर्वतको धारापानीमा करेन्ट लागेर एकको मृत्यु, १२ घाइते

कुश्मा : पर्वतको जलजला गाउँपालिका -७ धाइरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीय यामबहादुर केसीले जानकारी दिए।

स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काले दिएको जानकारी अनुसार करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो।

घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उनले जानकारी दिए । 
प्रहरी चौकीका इन्चार्ज  खड्काका अनुसार करेन्ट लागेर अन्य १२ जना घाइते भएका छन् ।

हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन् ।

विद्युत कार्यालयको लारवाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने उनको भनाइ छ । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेको छ । 

टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।

उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताए । 

आज बिहानै विद्युत समस्या समाधानका लागि केहि स्थानमा रुख हटाउने काम भएको उनले बताए । 

कार्यालय प्रमुख गोशेलीले कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । 

गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.