गंगा चौधरीको प्रश्न : निर्मलाको हत्या भएको ४ वर्ष बित्दा पनि किन हत्यारा सार्वजनिक गरिएन?

गंगा चौधरीको प्रश्न : निर्मलाको हत्या भएको ४ वर्ष बित्दा पनि किन हत्यारा सार्वजनिक गरिएन?

काठमाडौं : प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेकपा एमालेकी संसद गंगा चौधरीले निर्मला पन्थको बलात्कारपछि हत्या भएको ४ वर्ष सम्म पनि सरकारले अपराधी खोज्न नसकेको आरोप लगाएकी छन्। सांसद चौधरीले सरकारले हत्यारा सार्वजनिक नगरेकोले हत्यारा फेला पारेको कुरा नै शंकास्पद भएको उल्लेख गरेकी छन्।

उनले भनिन्, 'आज निर्मला पन्थको हत्या भएको ठिक ४ वर्ष भयो। पहिला यो सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो तर आज म त्यो आवाज खोजिरहेकी छु। के साँच्चिकै निर्मलाको हत्यारा पत्ता लागेकै हो?'

उनले यदी हत्यारा समातिएकै हो भने कुन कारागारमा राखिएको र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै सरकारलाई प्रश्न तेर्स्याएकी छन्।

शीर्ष नेताहरुमा लेन्डुप दोर्जेको झल्को 

उनले हाम्रा शीर्ष नेताहरुमा सिकिम्मका नेता लेन्डुप दोर्जेको झल्को देखिने पनि बताइन्। उनले भनिन्, 'मेरो दृष्टि भ्रम हो या सबैले यस्तै झ-झल्को देखिरहेका छन् । सम्माननीय सभामुखको आशनको दाहिनेतिर बस्ने सबैको अनुहारले लेन्डुप दोर्जेको याद दिलाएको छ।'

लेन्डुप दोर्जेलाई तत्कालीन भारतीय प्रम इन्दिरा गान्धीले सिकिम्म भारतमा नगाभुनजेल रातो कार्पेट औच्छ्याएर स्वागत गर्ने बताउँदै उनले हाम्रा नेताहरुको हालत पनि त्यस्तै भएको बताइन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.