निर्मला हत्याकाण्डमा ६३१ जनामाथि सोधपुछ, १०७ जनाको डीएनए परीक्षण

निर्मला हत्याकाण्डमा ६३१ जनामाथि सोधपुछ, १०७ जनाको डीएनए परीक्षण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्त बलात्कार तथा हत्या काण्डको अनुसन्धानका क्रममा ६३१ जनामाथि सोधपुछ गरिएको जानकारी दिएका छन्।

सदनमा सांसदहरुले निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री खाणले निर्मला बलात्कार तथा हत्या घटनामा अझै अनुसन्धान जारी रहेको बताए।

२०७५ साल भदौ १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो। घटना भएको चार वर्ष पुग्न लाग्दा अझै दोषी पत्ता लाग्न सकेको छैन।  

‘त्यो घटनामा अझै अनुसन्धान जारी छ। कुनै कुनै घटनामा लामो समय पछि पनि अपाराधिहरु पत्ता लाग्छ। त्यहाँ धेरै जनालाई अनुसन्धानको दायरामा राखिएको छ। धेरै पक्षहरुको डिटेल विश्लेषण भइरहेको छ। घटनाको यथार्थ बाहिर आओस्, दोषीलाई कारवाही होस् भन्ने पुरै जनताको चाहना छ। जनप्रतिनिधिले पनि बारम्बार भन्नुभएको छ। यसमा म धन्यवाद भन्न चाहन्छु,’ मन्त्री खाणले भने।  

मन्त्री खाणले घटनाको अनुसन्धानका क्रममा ६३१ जनालाई सोधपुछ गरिसकिएको बताए। १०७ जनाको डीएनए परीक्षण गरिसकेको उनले जानकारी दिए। ‘डीएनएको स्याम्पल कुनैसँग म्याचिङ भएन,’ उनले भने, ‘घटनामा डीएनए परीक्षण अथेन्टिक भए पनि कसैसँग मिलेको छैन। ७ जनासँग नजिक देखिएको थियो। कतिपय घटनामा पछिसम्म पनि सफलता हात पर्ने नजिरलाई हेरेर निरन्तर अनुसन्धान जारी राखिएको छ।’

मन्त्री खाणले अझै पनि धेरै मान्छेलाई अनुसन्धानको दायरामा राखिएको बताए। ‘अनुसन्धान गरिएका पक्षमा स्थानीय र आसपासका जिल्लामा अपराधिक धेरै मान्छेहरुलाई नेपाल प्रहरीले अनुसन्धान गर्ने र निगरानी गर्ने, लागुऔषध दुर्व्यसनीमा संलग्न उनीहरुको विगत आनीबानीलाई घेरामा राखेर, अनैतिक क्रियाकलपामा संलग्नहरु, स्थानीय बजारका शंकास्पदलाई शंकाको घेरामा राखेर सूचना संकलन गरिएको छ,’ उनले भने, ‘कतिपय व्यक्तिको टेलिफोन सर्भिलेन्समा राखिएको छ। महेन्द्रनगर बजारका होटलहरु निगरानीमा छन्। अहिलेसम्म फेला परेको छैन।’

मन्त्री खाणले दर्जनौ सुरक्षा अधिकारी अनुसन्धान खटिएको बताए। ‘अनुसन्धानकै क्रममा छ। निर्मलाको आत्माले शान्ति पाओस् दोषीले सजाय भन्ने पक्षमै छौं,’ उनले भने।

प्रतिपक्ष र सत्ता पक्षकै सांसदले निर्मला हत्या प्रकरण कहाँ पुग्यो, हत्यारा कहिले पत्ता लाग्छ भनेर मन्त्री खाणलाई प्रश्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.