निर्मला हत्याकाण्ड : एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय

निर्मला हत्याकाण्ड : एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं : बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्त हत्या प्रकरणपछि बर्खास्त भएका एसपी डिल्लीराज विष्टको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्ट यो निर्णयसँगै प्रहरी सेवामा फर्किन पाउने भएका छन् ।  विष्टमाथि दुई वर्षअघि भएको कारबाहीलाई बदर गर्दै सरकारले उनलाई काममा फर्काउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

घटनामा प्रहरीले लापरबाही गरेको देखिएपछि तत्कालीन प्रहरी प्रमुख विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भएका थिए । 

एसपी विष्ट २०७५ मंसिरमा बर्खास्त भएका थिए । २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको भनिएकी निर्मलाका हत्यारालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

सोही प्रकरणमा अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर भएको थियो । उक्त मुद्दामासमेत एसपी विष्टले सफाइ पाइसकेका छन् । 

निर्मला हत्या प्रकरणमा मुछिएका भनिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी सेवामा फर्किसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.