निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

महेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ। 

रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज पन्तले घरमै गएर उनलाई कुटपिटको प्रयास गरेका हुन्। धर्नास्थलबाट बिहान सिधै घर पुगेर रगतको नमुना किन दिएको भन्दै यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका हुन्।

‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ? भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन्। 

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए। ‘रगत दिएको विषय र राहत बुझ्न लागेको विषय उठाएर मेरो घाँटी च्याप्न खोजे’ उनले भनिन्, ‘त्यसपछि फुत्केर बाहिर आएपछि कुटपिट गर्न पाएनन्।’ 

घरभित्र पसेर भाँडाकुडा बाहिर फाल्दिएको दुर्गादेवीले बताइन्। यज्ञराजले घरमै गएर जेठी श्रीमतीमाथि कुटपिटको प्रयास गरेको खबर पाएपछि कञ्चनपुर प्रहरीले सुरक्षाकर्मी पठाएको थियो। यज्ञराजले भने कुटपिटको प्रयास नगरेको दाबी गरे। ‘म घरमा सम्झाउन मात्रै गएको हुँ’, उनले भने, ‘मैले कुटेको छैन्।’

निर्मलाकी आमा दुर्गादेवीले भने ६ महिना बितिसक्दासमेत हत्यारा पत्ता नलागेको र न्यायकै लागि भौतारिरहँदा घरपरिवार सञ्चालनमा समस्या भएको भन्दै राहत लिएर केही काम गर्न खोजेको बताएकी छन्। 

‘अनुसन्धानमा सहयोग नै मिल्ला भनेर नै मैले रगत दिएकी हुँ’उनले भनिन्,‘मलाई मेरी छोरीका बलात्कारी र हत्यारा चाहिएका हुन्, जसरी हुन्छ न्याय मिलोस् भनेरै मैले रगतको नमुना दिएकी हुँ।’

निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाबको वैद्यता माथि नै प्रश्न उठेपछि केहीदिन अघि अधिकारकर्मीले निर्मलाका बुवाआमाको रगतको नमुना संकलन गरेर देखाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष आग्रह गरेका थिए। दुर्गादेवीले छोरीको न्यायका लागि आफ्नो रगतको नमुना चाहिने भए दिन तयार रहेको बताउँदै आएकी थिइन्। स्वेच्छाले नै दुर्गादेवीले बुधबार रगत दिएकी थिइन्। ‘मैले श्रीमानसंग ३-४ दिनदेखि रगतको नमुनासँगै दिऔँ भनेकी हुँ’ उनले भनिन्,‘ अहिले आएर किन दिइस् नसोधी भनेर कुटपिटको प्रयास गरे।’ 

साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो। उनको साउन १० गते नै बलात्कारपछि हत्या गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.