धान खेतमा पुरुषको शव भेटियो ,पहिचान खुलेन

धान खेतमा पुरुषको शव भेटियो ,पहिचान खुलेन
सांकेतिक तस्बिर।

विराटनगर : मोरङको रंगेली नगरपालिका–२ बिरान टोलस्थित धान खोतमा बिहीबार बिहान १ जना पुरुषको शव फेला परेको छ । मृत फेला परेका अन्दाजी ३५/४० वर्षीय पुरुषको पहिचान खुलेको छैन । धान खेलमा पुरुष मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई बिहान ७ बजेतिर दिएका हुन् । 

तत्काल घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पुर्‍याएको छ ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मृत फेला परेका पुरुषको सनाखत भइनसकेको जानकारी दिए । ‘मृतकको नाम, थर र वतन खुलेको छैन । सबैतिर हुलिया परिपत्र गरेर पहिचानको प्रयास भइरहेको छ,’उनले भने,‘प्रहरीलाई प्राप्त जानकारी अनुसार मृतक स्थानीय होइनन्। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा तत्काललाई घटना शंकास्पद देखिँदैन । मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएकाले अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लाग्ने बस्नेत बताउँछन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.