रिब्दिकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा

रिब्दिकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : पाल्पाको रिब्दिकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ  । जिल्ला खोप समन्वय समितिका सहसंयोजक काशिका गैरे,समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले  रिव्दीकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र  पालिका अध्यक्ष नारायण बहादुर कार्की,उपाध्यक्ष कान्ता अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेललाई हस्तान्तरण गरेका हुन्।

गाउँपालिकाका ८ वटै वडालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा १५ महिनादेखि ५ वर्ष मुनिका ८ सय ५२ जना सरकारले तोकेका १३ किसिमका खोपहरू  बालबालिकाहरलाई लगाएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल अधिकारीले बताए ।  

सरकारले प्रदान गरेको १३ किसिमको खोपमा एकजना बालबालिका पनि नछुटुन भनी ८ वटै वडामा घरदैलो गरी पूर्णखोप अभियानलाई सफल बनाएको स्वाथ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । पालिका भित्रका जन्मेदेखि १५ महिनासम्म र १५ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दुई समूहमा वर्गीकरण गरेर खोप अभियान संचालन गरिएको थियो । 

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गैरेले पूर्णखोप कार्यक्रम अभियानले बाल मृत्युदर,मातृ मृत्युदर शून्यको अवस्थामा पुर्‍याएको ,मानिसको औसत आयुमा वृद्धि गरेको,धेरै किसिमका रोगहरु बाट  सुरक्षित बनाएकाले समग्र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको बताइन् । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले पूर्णखोप सुनिश्चिता कार्यक्रमले ५ वर्षमुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरू पाउने,कुनै तरिकाबाट छुटेका भएपनि पुन समेटिने भएकाले निकै प्रभावकारी भएको बताए । 

पाल्पाले विगत ३ वर्षदेखि खोप सुनिश्चितता भएको पालिका अभियानलाई निरन्तरता दिँदै आएको प्रमुख डा.गिरीले बताए । खोपअन्तरगतका दादुरा, विफर र पोलियो पाल्पामा हालको अवस्थामा निर्मुल अवस्थामा रहेको डा. गिरीले बताए । 

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पूर्णखोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको बताए । पूर्णखोप अभियानले प्रत्येक घर घरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयवस्तुमा समेत जानकारी प्राप्त भएकाले गाउँपालिकाले सोही अनुसारको नीति कार्यक्रम र बजेट बनाउँदै आएको पालिका अध्यक्ष कार्कीले बताए । सर्ने रोगहरू खोपबाट नियन्त्रण भएपनि नसर्ने रोगहरूको अवस्था दिनहुँ भयावह हुँदै आएकोले सिंगो गाउँपालिका नियन्त्रणको अभियानमा जुटेको अध्यक्ष कार्कीले बताए । 

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने र आगामी दिनमा जिल्लामै पहिलो गाउँपालिका हुनेगरी आजैदेखि योजनावद्ध रुपमा काममा खटिने बताइन् । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले नयाँ संविधान जारी भएपछि स्थानीय तहमा स्वास्थ्य  अधिकार पाएको,आफै नीति, नियम, कानुन र बजेट बनाउने अधिकार पाउँदा  स्वाथ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको दावी गरे। 

बालबालिका स्वस्थ भए देश नै स्वस्थ हुने भएकाले सबै तहको सरकारबाट बालबालिकाको स्वास्थ्यमा बढी लगाउनी गर्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.