सुत्केरी महिलालाई ‘सुत्केरी कोशेली’ वितरण

सुत्केरी महिलालाई ‘सुत्केरी कोशेली’ वितरण
सुन्नुहोस्

वीरगन्ज : पर्साको पटेर्वासुगौली गाँउपालिकाले सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री 'सुत्केरी कोशेली' वितरण गरेको छ। पालिकामा रहेका बर्थिङ सेन्टरमा सुत्केरी गराएका महिलाहरूलाई गाँउपालिकाको कार्यालयले घीउ, मसुरोको दाल, चना, बोडीको गेडालगायतका सामग्री वितरण गरेको हो।

गाँउपालिकाले ‘उपाध्यक्ष सुत्केरी कोशेली वितरण कार्यक्रम’ बुधबारदेखि सुरु गरेको र पहिलो दिन वडा नम्बर ४ का ३१ जना सुत्केरी महिलालाई उक्त कोसेली वितरण गरिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए। घ्यु आधा केजी, मसुरोको दाल २ केजी, चना १ केजी र बोडीको गेडा १ केजीको प्याकेट बनाएर सुत्केरी महिलालाई सुत्केरी कोशेलीका रूपमा वितरण गर्न थालिएको उनले बताए। 

पटेर्वासुगौली गाँउपालिकामा वडा नम्बर २, ४ र ५ मा गरी कूल तीन वटा बर्थिङ सेन्टर छन्। ती बर्थिङ सेन्टरमा चालु आर्थिक वर्षमा पालिकाका पाँचवटै वडाका गरी ३ सय ३० जनाले सुत्केरी गराएको र उनीहरू सबैलाई सुत्केरी कोशेली वितरण गरिने गाँउपालिकाकी उपाध्यक्ष ममता महतोले बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.