५ लाख बढी रकम ओसार्दा सुरक्षाकर्मीसहित चार पाङ्ग्रे गाडी अनिवार्य

५ लाख बढी रकम ओसार्दा सुरक्षाकर्मीसहित चार पाङ्ग्रे गाडी अनिवार्य
सुन्नुहोस्

जनकपुरधाम : बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार-पोसार गर्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने भएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा चार पाङ्ग्रे गाडीमा सुरक्षाकर्मी र बैंकको सुरक्षागार्ड ल्याएरमात्र ओसार पोसार गर्न पाउनुपर्ने अनिवार्य गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट वितरण गरिएको ‘सेफ्टी एण्ड सेक्युरीटी प्रोटोक्लस फर बैंक एण्ड फाइनान्सीयल इन्सटिच्युशन’ अनुसारको सुरक्षा मापदण्ड प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः पूरा गर्दै जानेलगायतको निर्णय भएको प्रहरी प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रत्येक बैंक तथा वित्तीय संस्थाले एक्सेस कन्ट्रोल सीसी क्यामेराको अनिवार्यरूपले व्यवस्था गर्नुपर्ने, स्थानीय सुरक्षाकर्मीले सुरक्षा अवलम्बनका लागि तोकिएका कमी कमजोरी प्रत्येक बैंक तथा वित्तीय संस्थाले सुधार गर्नुपर्ने, सुरक्षा सम्बन्धमा समन्वय गर्नुपर्ने निर्णय भएको धनुषा प्रहरीका प्रवक्ता अवाले जानकारी दिए। 

बैठकले नेपाल प्रहरी, सशत्र प्रहरी र राष्ट्र बैंक समेतको ३ सदस्यीय अनुगमन टोलीले सम्पूर्ण बैंक, वित्तीय संस्थाको अनुगमन गरी प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ। गत सोमबार जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गाशिवपुर थुमौना पोखरीबाट हतियार सहित आएका तीन जनाले श्रीशुभ ऋण तथा सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रूपैयाँ लुटेर गलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग अन्तरक्रिया गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.