वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य
काठमाडौं : वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार टियू क्रिकेट मैदानमा भएको टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ३३ रन,जोनसन चार्ल्सले २४ रन, म्याथ्यु फर्डले २३ रन, कडिम अलेइन र मार्क डेयालले ११/११ रन, फाबिएन एलेनले ३ रन र गुडाकेश मोतीले १ रनको योगदान गरे। उपकप्तान एलिक अथान्जेले सर्वाधिक ४२ रन र हेडन वाल्सले ७ रन बनाएर अविजित रहे।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट र अविनाश बोहोराले १ विकेट लिए।
नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ।