नेपालको पहिलो विकेट गुम्यो, कुशल भुर्तेल आउट
काठमाडौं : वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमाएको छ। शनिबार टियू क्रिकेट मैदानमा भएको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालका कुशल भुर्तेलको विकेट लिएको हो।
१.४ ओभरमा ओबेद म्याककोयको बलमा हेडन वाल्सले भुर्तेललाई क्याच आउट गरे। भुर्तेलले ९ बलमा १३ रन बनाएर बाहिरिए।
वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपाललाई १७३ रनको लक्ष्य दिएको छ। यस अगाडि वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ३३ रन,जोनसन चार्ल्सले २४ रन, म्याथ्यु फर्डले २३ रन, कडिम अलेइन र मार्क डेयालले ११/११ रन, फाबिएन एलेनले ३ रन र गुडाकेश मोतीले १ रनको योगदान गरे। उपकप्तान एलिक अथान्जेले सर्वाधिक ४२ रन र हेडन वाल्सले ७ रन बनाएर अविजित रहे।
नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट र अविनाश बोहोराले १ विकेट लिए। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ।