हिमालयन हाइड्रो एक्स्पो वैशाख १२ गतेदेखि

हिमालयन हाइड्रो एक्स्पो वैशाख १२ गतेदेखि
सुन्नुहोस्

काठमाडौं : समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ वैशाख १२ गतेदेखि काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा वैशाख १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हाइड्रो एक्स्पो हुन लागेको हो।

इप्पानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनुका साथै सात विषयमा सेमिनार सञ्चालन हुने इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

आगामी सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य र लगानी सम्मेलनको पूर्वसन्ध्यामा हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्पूर्ण हुने उनले बताए। एक्स्पो अघि काठमाडौमा २६ किलोमिटरको इभि र्‍याली गरिने इप्पानले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.