नेकपा एमाले बर्दियाको अध्यक्षमा अधिकारी

नेकपा एमाले बर्दियाको अध्यक्षमा अधिकारी
सुन्नुहोस्

गुलरिया : नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित भएका छन्। लाल बहादुर श्रेष्ठलाई १० मतले उछिन्दै अधिकारी विजयी भएका छन्।

अधिकारीले १ सय ८० मत प्राप्त गर्दा श्रेष्ठले १ सय ७० मत ल्याएका हुन्। नेकपा एमाले बर्दियाको १० औं अधिवेशनले कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो। दुई वटा प्यानलमा निर्वाचनमा सहभागी थिए। उपाध्यक्ष पदका विजयी दुर्गाबहादुर वली १ सय ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले १ सय ५९ मत प्राप्त गरेका छन्।  

सचिव पदमा पदम ढकालले १ सय ७९ मत प्राप्त गरे प्रतिद्वन्द्वी नैन बहादुर खत्रीले १ सय ६८ मत प्राप्त गरी पराजित भए। उपसचिव खुलातर्फ लहानु थारूले १ सय ७८ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिद्वन्द्वी जीवन शाहीले १ सय ५८ मत प्राप्त गरे। उपसचिव महिलातर्फ संगीता थारूले १ सय ८७ मत प्राप्त गरी विजयी भएकी छिन्। त्यस्तै प्रतिद्वन्द्वी मन्जु शर्माले १ सय ५१ मत प्राप्त गरिन्। 

कुल ३ सय ६४ प्रतिनिधि मतदाता रहेको अधिवेशनमा ३ सय ५९ मत खसेको थियो। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। अधिवेशनले विष्णु भट्टराईको अध्यक्षतामा ७ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ। बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन बिहीबार सकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.