अन्नपूर्णकर्मी पोखरेललाई मातृशोक
काठमाडौं : अन्नपूर्ण पोस्ट्का सप्तरी संवाददाता मनोहर कुमार पोखरेललाई मातृशोक परेको छ।
उनको आमा मेनकादेवी पोखरेलको ८२ वर्षको उमेरमा बुधबार राति निधन भएको थियो। १९९९ सालमा जन्मिएकी स्वर्गीय पोखरेलका पत्रकार मनोहरसहित दुई छोरा र एक छोरी छन्।