एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई भिड्ने

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई भिड्ने
सुन्नुहोस्

काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई हुने भएको छ। समूह बीअन्तर्गतको खेलमा युएईले कम्बोडिया र ओमानले कुवेतलाई हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो।

ओमान अपराजित रहँदै समूह विजेता बनेको छ भने युएई तीन जित र एक हारसँगै उपविजेता बनेको छ। समूह एमा नेपाल अपराजित रहँदै विजेता र हङकङ उपविजेता बनेको हो। यससँगै सेमिफाइनलमा नेपालले युएई र ओमानले हङकङसँग खेल्ने भएको हो।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.