बझाङमा एमालेको संघर्षपूर्ण कमब्याक

बझाङमा एमालेको संघर्षपूर्ण कमब्याक
दमन भण्डारी नेकपा एमालेबाट विजयी उम्मेदवार

बझाङ : बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। एमालेका दमन भण्डारी ११ हजार ६ सय १२ मतसहित निर्वाचिन भए।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।

यसैगरी, माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरे। एकीकृत समाजवादीले २ हजार ५ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क)मा विजयी भएका हुन् ।

यसअघि प्रदेशसभा (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। पृथ्वीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको थियो । २०७९ सालको चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ। सुदूरपश्चिममा एमालेका अब ११ सांसद भएका छन्।

एमालेको संघर्षपूर्ण कमब्याक

२०५४ साल फागुन २१ मा एमाले विभाजित भयो। पार्टी विभाजन भएको दुई वर्ष नपुग्दै २०५६ मा आमनिर्वाचनको घोषणा भयो। पार्टी विभाजनको प्रत्यक्ष प्रभाव बझाङमा पनि देखियो। तत्कालीन अवस्थामा बझाङका दुवै क्षेत्रमा कांग्रेस निर्वाचित भयो।
२०५१ सालमा एमालेका भानुभक्त जोशी निर्वाचित भएको क्षेत्रमा पार्टी विभाजनपछि एमालेका अर्जुनबहादुर थापा पराजित भए। कांग्रेसका अर्जुनजंगबहादुर सिंहसँग एमालेका थापा २८१ मतले पराजित हुँदा एमालेबाट विभाजित मालेका उम्मेदवार केशवराज जोशीले १ हजार ९ सयभन्दा बढी मत पाएका थिए।

२०५३ असोज ४ मा संसदबाट दुईतिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमाले फुटेको थियो। २०७८ भदौ २ गते फेरि एमाले विभाजन भयो। २०७९ सालमा आमनिर्वाचन भयो। उक्त निर्वाचनमा पनि एमाले पराजित भयो।

पहिलोपटक पार्टी विभाजन हुँदा अर्जुनबहादुर थापा पराजित र दोस्रोपटक पार्टी विभाजित हुँदा ऐन महर पराजित भए। प्रदेशमा पनि एमालेका दुवै उम्मेदवारले हारे व्यहोरेका थिए।

एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी नेकपा एमालेका उम्मेदवार ऐन महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै विजयी भएका थिए। जोशीले २८ हजार १ सय ४३ मत पाउँदा महर २७ हजार १४५ मतमा रोकिए।

दोस्रो पटकको पार्टी विभाजनपछि भएको प्रदेशसभाको उपनिर्वाचनमा भने बझाङमा एमालेले कमब्याक गरेको छ। २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए।

सडक दुर्घटनामा सिंहको निधन भएपछि वैशाख १५ गते भएको उपनिर्वाचनमा सिंहकै छोरा अभिषेकलाई एमाले उम्मेदवार दमन भण्डारीले पराजित गरेका छन्। भण्डारीले २ सय ६६ मतले कांग्रेस उम्मेदवार सिंहलाई पराजित गरेका हुन्।
अघिल्लो पटकको निर्वाचनमा एमाले एक्लै चुवावमा उत्रिँदा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेको थियो। यो उपनिर्वाचनमा भने सबै दल एक्लाएक्लै लडेका थिए।

पार्टी विभाजनमा कांग्रेस उम्मेदवार अर्जुनजङबहादुर सिंहसँग पराजित थापा २०७४ सालमा भएको पहिलो प्रदेशसभामा निर्वाचनमा भने विजयी भएका थिए। नेकपा माओवादीसँग चुनावी गठबन्धन गरेर निर्वाचित थापा सुदूरपश्चिम प्रदेशको पहिलो सभामुखसमेत निर्वाचित भएका थिए।

  •  एमालेका दमन भण्डारी ११,६१२ मतसहित निर्वाचित भए।
  •  बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए।

थापाकै संयोजकत्वमा पार्टीले उपनिर्वाचन अनुगमन तथा मूल्यांन समिति गठन गरेको थियो। अहिले सबै कमिटी एक भएर लाग्दा उपनिर्वाचन जितिएको उनको बुझाइ छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित एमाले नेता ऐन महर प्रदेशसभा उपनिर्वाचनमा पार्टीको जीतले अहिले एमालेको लोकप्रियता थप बढ्दै गएको पुष्टि 
भएको बताउँछन्।

‘बझाङमा एमाले सुरुबाटै बलियो हो। अहिले थप लोकप्रिय रहेको पुष्टि भएको छ’, उनले भने, ‘पुरानो पार्टीको एउटा हिंसा बाहिर रहेर उम्मेदवारी दिँदा पनि एमाले विजयी हुनुले बझाङमा एमाले निकै बलियो रहेको प्रमाणित भयो।’

२५ वर्ष पहिले पनि एमालेबाट विभाजन भएको मालेले जिल्लामा २ हजार मत कटाउन सकेको थिएन। अहिले पनि नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ।

पार्टीले यस पटक उपयुक्त उम्मेदवार छनोट गरेकाले पनि जीत सुनिश्चित भएको एमाले नेताहरू बताउँछन्। पार्टीलाई जिताउन एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य ऐन महरलगायतले बझाङमा महिनौं दिनदेखि अभियान थालेका थिए।

पार्टी इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, जिल्लामा उपलब्ध सबै केन्द्रीय सदस्य तथा पार्टीका पदाधिकारी गुमेको विरासत जोगाउने गरी चुनावी अभियानमा खटिएका थिए। त्यसको परिणाम जित प्राप्त भएको नेता तथा कार्यकर्ताहरू दाबी गर्छन््।
एमाले जिल्ला अध्यक्ष रहेकै बेला प्रदेशसभामा निर्वाचित भण्डारी एमालेप्रति जनताको विश्वास र आफूप्रति भरोसा भएको हुँदा मतदाताले रुचाएको बताउँछन्।

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा एक सीट गुमाउनु परेको छ। यसअघि कांग्रेसले जितेको बझाङ १ (१) मा एमालेका दमन भण्डारी निर्वाचित भएपछि एमालेको एक सीट बढेको छ भने कांग्रेसको घटेको छ।

नेकपा एकीकृत समाजवादीले एमालेको भोट सोचे जति काट्न नसकेकाले कांग्रेसले जीत निकाल्न नसकेको नेताहरूले बताएका छन्। नेकपा एसले उसकै प्रभाव क्षेत्र मानिएका ठाउँमा पनि पटक्कै भोट ल्याउन नसकेपछि एमालेलाई सहज बनेको कांग्रेस नेता सत्यराज भण्डारीले बताए।

कांग्रेसले चुनावअघि नेकपा एसले कम्तीमा ३ देखि ४ हजारसम्म मत ल्याउने र त्यति भएपछि एमालेलाई हराउन सकिने आंकलन गरेको थियो। सुदूरपश्चिममा एमाले विभाजनको सबैभन्दा बढी प्रभाव परेको जिल्ला बझाङ भएकाले उसले एमालेको मत उल्लेख्य काट्ने अपेक्षा थियो। तर, नेकपा एसका दिलबहादुर सिंहले जम्मा २,५१४ मत पाए भने माओवादीका जनकबहादुर बुढाले ३,८३१ मत पाए। जुन मत अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको थियो।नेकपा एसले जितेकै पालिकाबाट एमालेले धेरै मत ल्याएपछि कांग्रेसको जीत असम्भव भएको नेताहरूको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.