इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)ले इलाम-२ को उपनिर्वाचनको परिणामले आफूलाई सचेत गराएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका छन्।

निर्वाचनको परिणामले कैयन कमीकमजोरी रहेको बताउँदै उनले यसलाई सच्याएर अघि बढ्ने बताएका छन्।

'निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं.२ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं ,'विज्ञप्तिमा भनिएको छ,'नतिजा हाम्रो अनुकूल आएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भइ जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं । साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरू हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।'

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका थिए। उनले जमानत जोगाउन पनि सकेनन्। वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका सुहान नेम्बाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरी दोस्रो भएका छन्।  प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.