राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन बन्न सकेनन् : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन बन्न सकेनन् : राष्ट्रियसभा अध्यक्ष
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानुनहरू समयमा नै बन्न नसकेको बताएका छन्। मंगलबार सिंहदरबारमा संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको छलफलका क्रममा दाहालले कुनै व्यक्तिगत कारण नभइ राष्ट्रिय राजनीतिको अहिलेको अवस्थाका कारण संविधान बनेको लामो समयसम्म पनि महत्वपूर्ण ऐन कानुनहरू बन्न नसकेको बताएका हुन्।

अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनुपर्ने काम अझैं बाँकी रहेकाले यसतर्फ विशेष ध्यान दिइने जिकिर गरे।

राष्ट्रियसभाले आफूले आफूलाई चिनाउन आफै सुदृढ हुन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । उनले आफ्नो कार्यकालमा अधिकतम राम्रो गर्ने प्रयास गर्ने र नराम्रो गर्यो भन्ने अवस्था आउन नदिने जिकिर गरे।

त्यस्तै उनले राष्ट्रियसभा सदस्यलाई विज्ञ, ज्ञाता बनाउन निरन्तर छलफल गर्ने र राष्ट्रियसभालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.