सिधाकुरा डटकमको मिथ्या भिडियोबारे अनुसन्धान गर्न प्रहरीलाई सर्वोच्चको निर्देशन

सिधाकुरा डटकमको मिथ्या भिडियोबारे अनुसन्धान गर्न प्रहरीलाई सर्वोच्चको निर्देशन
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन/प्रसारण गरेको भिडियो सामग्रीको अनुसन्धान गर्न निर्देशन दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश दिएको हो।

'श्रब्य दृष्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने,' आदेशमा भनिएको छ।

त्यस्तै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दर्ता गरेको अवहेलना मुद्दालाई अदालतको फौजदारी दायरीमा दर्ता गर्न पनि निर्देशन दिइएको छ। त्यतिमात्र होइन, सिधाकुरा डटकमलाई २४ घन्टाभित्र प्रकाशित/प्रसारित सामग्री हटाउन निर्देशन अदालतले निर्देशन दिएको छ। 'निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू नगराउनु,' आदेशमा भनिएको छ। 

त्यस्तै सामग्रीको प्रकृति र संवेदनशिलतालाई हेर्दा त्यस्तो सामग्रीसँग सम्बन्धित समाचारको निरन्तर सम्प्रेषणबाट अदालतप्रतिको आमधारणामा भ्रम उत्पन्न भई न्याय सम्पादनमा निरन्तर अवरोध उत्पन्न हुने स्थिति देखिएकाले प्रत्यर्थीले प्रसारण गरेको सामग्री प्रकाशन प्रशारण नगर्नु नगराउनु भनी आम सञ्चार जगतको ध्यानाकर्षण गराइएको छ।

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.