मुस्ताङको मार्फा खोलामा पुल नबन्दा सवारी साधनलाई सास्ती

मुस्ताङको मार्फा खोलामा पुल नबन्दा सवारी साधनलाई सास्ती

जोमसोम : मुस्ताङको मार्फा (राज) खोलामा निर्माणाधीन पक्की पुल निर्माणमा चरण ढिलासुस्ती भएको छ।  राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकखण्डमा पर्ने मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न नहुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन तथा यात्रुले निकै सास्ती पाएका छन्।

 निर्माण कम्पनीको चरम ढिलासुस्ती कारण मार्फाको राज खोलामा निर्माणाधीन पक्की पुल ४ पटक म्याद थप भइसक्दा समेत अझै सम्पन्न हुन सकेको छैन। उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले मुस्ताङको घरपझोङ-२ मार्फा र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङको नरसिंह खोलामा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ ठोक्कर ईमोटल जेभी कन्स्ट्रक्सनसँग २१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। 

यसका अलावा सोही निर्माण कन्स्ट्रक्सन मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ को घमी खोलामा ४० मिटर लामो  पुल निर्माण गर्न २०७५ सालमै  ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। तर,निर्माण कम्पनीले पुल निर्माणमा पुरै वेवास्ता गर्दा ठेक्का सम्झौता भएको ५ वर्ष बितिसक्दा समेत ३ वटै पुल अधुरा छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको कोरला राष्ट्रिय राजमार्गमा पर्ने एउटै निर्माण कम्पनीका ३ वटा पुल निर्माणाधीन अवस्थामा छन्। मुस्ताङको मार्फा (राज)खोलामा ३ स्पानको १२० मिटर लम्बाइको पुल र छुसाङको नरसिंह खोलामा निर्माणाधीन ३ स्पानको ९० मिटर लम्बाइको पक्की पुल आयोजनाले पटक/पटक म्याद थप गर्दा समेत पुल निर्माणको कामले गति लिन सकेको छैन। आयोजना र निर्माण कम्पनीबीच  सम्झौता हुँदा ३ वटै पुल २०७८ सालमा सकिनुपर्ने थियो। 

निर्माण कम्पनीले भने आयोजनाको आँखामा धुलो छर्न आँकल झुकल काम गरेको देखाएर पुल निर्माणको कामलाई पर धकेल्दै आइरहेको थियो। आयोजनाले ३ वटै पक्की पुल निर्माणको जिम्मा लिएको हिमढुङ ठोक्कर ईमोटल जेभीले पुल निर्माणमा बेवास्ता गरेको भन्दै २ वर्ष अघि ठेक्का मोबिलाईजेसन वापत लिएको १ करोड ११ लाख ५० हजार नेपाल सरकारको नाममा फिर्ता लिएको थियो। निर्माण कम्पनीले आयोजनासँग विभिन्न बहानाबाजी गर्दै पुलको सम्झौता म्याद पटक पटक थप गर्दै आइरहेको थियो। यता, आयोजनाले भने पटक/पटक निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गर्दै आइरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.