दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाई

दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाई
सुन्नुहोस्

बेनी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ। रघुगंगा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पुरै दिन खर्चेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। 

वडाध्यक्ष मनकुमार शेरपुञ्जाका अनुसार करिब २०० घरधुरीको बसोबास रहेको ठाडाखानीबाट वडा स्तरको स्वास्थ्य चौकी रहेको पाखापानी पुग्न, उपचार गर्न र फर्कर्दा पुरै दिन समय खर्चनुपर्ने समस्या थियो। एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ। ठाडाखानीमा अल्पसङख्यक छन्त्याल समुदायको बढी बसोबास छ। भीर र जंगलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो। वडा सदस्य टेकजित छन्त्यालले आधारभूत औषधि उपचार सेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हटेकामा खुशी व्यक्त गरे।  

एकाइ सञ्चालनका लागि गाउँपालिकाले ६ लाख ५० हजार रुपैयाँ बजेटबाट भवन र एक/एक जना अहेव र सहयोगीको व्यवस्था गरेको वडा अध्यक्ष शेरपुञ्जाले बताए। स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सम्बन्धी सेवा दिइने गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। 

रघुगंगाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ। वडा स्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा इकाई स्थापना गरेर सेवा विस्तार गरिएको अध्यक्ष भण्डारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.