झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ

झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा: झापाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-४ बस्ने २३ वर्षीय सलिम आलम समेत दुईजनालाई कन्काई नगरपालिका-३ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । 

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका-१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई कन्काई नगरपालिका-५ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो । 

यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका-६ मेची पुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित बिहीबार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.