महोत्तरीको गौशालामा आगलागी ९ लाखभन्दा बढीको क्षति

महोत्तरीको गौशालामा आगलागी ९ लाखभन्दा बढीको क्षति
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिका-२ कठुधारमा आगलागी हुँदा ९ लाखभन्दा बढीको क्षति भएको छ। आइतबार दिउँसो स्थानीय सद्दाम धुनियाँ र निजको भाई मन्सुरको नदाफको घरमा आगलागी हुँदा ९ लाख ७० हजारको क्षति भएको हो।

ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सो आगलागीमा परि दुईवटा टालीले छाएको घर र परालको कुन्यु (टाल) जलेर खरानी भएको हो। सो आगलागीमा परि सद्दामको घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी र नगद ५० हजार गरि ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए। 

त्यस्तै छेउमै रहेको क्युम नदाफको ५० हजार रुपैयाँको परालको कुन्यु (टाल) जलेको हो भने छेउमै रहेको मन्सुर नदाफको घर जल्दा ५० हजारको क्षति भएको हो।

प्रचण्ड गर्मीका साथै हावाहुरी चल्दा आगो लागेको खबर स्थानीयले प्रहरीमा गरेको थियो। गौशालास्थित इलाका प्रहरी कार्यालयबाट र सशस्त्र प्रहरी बल रामनगरबाट खटेको ३६ जना सुरक्षाकर्मी तथा स्थानीयले आगो निभाउने प्रयास गरेका थिए।

अत्याधिक गर्मी र पश्चिमा हावाको बेगले आगो दन्कदै गएपछि बर्दिबास, गौशाला र रामगोपालपुरबाट घटनास्थल पुगेको वारुणयन्त्रको सहयोगले ३ घण्टा लामो प्रयासपछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.