शैक्षिक गुणस्तर वृद्धि गर्न कार्यसम्पादनका आधारमा प्रोत्साहन

शैक्षिक गुणस्तर वृद्धि गर्न कार्यसम्पादनका आधारमा प्रोत्साहन
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। 

बिहीबार पालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग गाउँपालिकाले कार्यसम्पादन सम्झौता गरेको हो। विद्यालयले विभिन्न १५ वटा बुँदामा स्वमूल्यांकन गरी पठाएको विवरणका आधारमा गाउँपालिकाले प्रोत्साहन रकम वितरण गर्ने अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए। ‘हामीले विशेषगरी विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौँ, उहाँहरूको स्वमूल्यांकन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ’, अध्यक्ष कालाखेतीले भने।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरूको शैक्षिक आधार बलियो बनाउने पहिलो खुड्किलोका रुपमा रहेको प्राथमिक तहका विद्यालयबाटै सुधारका लागि यो कदम अघि बढाइएको उनले बताए। प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ। 

विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने, प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण र सामाजिक परीक्षण गर्नुपर्ने, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्ने लगायतका कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुने जनाइएको छ।

त्यस्तै प्रधानाध्यापकको उपस्थिति, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कार्यसम्पादन अंक प्राप्त गर्ने सामाजिक विकास समिति संयोजक अनन्त प्रकाश अर्यालले जानकारी दिए। 

गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्यांकन अनुसार ० देखि ४० प्रतिशत अंक प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम नपाउने उल्लेख छ। यस्तै क्रमशः ४० देखि ६० प्रतिशतलाई २० हजार, ६० देखि ८० प्रतिशत ल्याउनेलाई २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेलाई २४ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले बताए। 

पालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको हो। यसअघि पनि गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.