बसको ठक्करबाट आमाको मृत्यु,छोरा घाइते

बसको ठक्करबाट आमाको मृत्यु,छोरा घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर :पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा एकजना युवक घाइते भएका छन् । मृतक र घाइते आमा-छोरा हुन् ।

 प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १(०२(०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका-७ मा ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९:३० बजेतिर मृत्यु भएको हो । 

मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । अवस्था मध्यम रहेको उनको न्युरोमै उपचार भइरहेको एसपी कार्कीले बताए ।  दुर्घटनालगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.