११ लाख राशिको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप प्रतियोगिता हुने

११ लाख राशिको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप प्रतियोगिता हुने
सुन्नुहोस्

कपिलवस्तु : लुम्बिनी प्रदेशमै पहिलो पटक ठूलो राशि रहेको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा हुने भएको छ।

जिल्ला फुटबल संघको आयोजनामा स्वास्थ्यको लागि खेलकुद राष्ट्को लागि खेलकुद भन्ने मूल नारासहित चैत १७ गते देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको बुद्ध रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

प्रतियोगितामा प्रथम हुने टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड मेडल र प्रमाण पत्र दिइने अध्यक्ष तिलक थापाले जानकारी दिए। प्रतियोगितामा नेपालका 'ए' डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।

जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम-११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु-११ रहने अध्यक्ष थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.