विराट गोल्डकपको तयारी पूरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै

विराट गोल्डकपको तयारी पूरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै
सुन्नुहोस्

विराटनगर : आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको हो। विराटनगरमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको प्रतियोगितामा सहभागी हुने ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट हुने रात्रिकालीन गोल्डकपको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) बीच हुनेछ। दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन्। 

विभागीय पुलिस क्लबले तीनपटक उपाधि जितेको छ। भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो। आयोजकले सार्वजानिक गरेको खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली संग्रिला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम ड्रेगानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ। समूह ‘ए’बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा बिजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ। 

१८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाडौंबीच शुक्रबार हुने बिजेता टिमसँग बाइ पाएर समूह बीबाट भारतको सिक्मि ड्रेगानले प्रतिस्पर्धा गर्नेछ। 

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बी’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.