अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने १४ खेलाडी तथा प्रशिक्षक सम्मानित

अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने १४ खेलाडी तथा प्रशिक्षक सम्मानित
सुन्नुहोस्

धनकुटा : अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने कोशी प्रदेशका १४ जना खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ। मंगलवार धनकुटामा आयोजित एक कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएर कोशी प्रदेशकै नाम उच्च बनाउन अहम् भूमिका १४ जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। 

एक महिनाअघि साउदी अरबमा सम्पन्न भएको वेष्ट एशियन फुटबल फेडेरेसन वाफ वुमन्स च्याम्पियन्सीपमा फाइनलमा पुगेको नेपाली राष्ट्रिय टोलीका उदयपुरकी सविता राना मगर, अमिशा कार्की, हिराकुमारी भूजेल, तेह्रथुमकी अनिता वस्नेत, सुनसरीकी रेखा पौडेल, सोलुखुम्बुकी रेखा पौडेल, इलामकी एन्जिला तुम्बाफो सुब्बा र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। 

त्यस्तै आइटिएफ तेक्वान्दोतर्फ ह्वार्यांग  वरियर ओपन इन्टरनेशनल च्याम्पियन्सीप २०२३ मलेशियामा इस्पायरिंगतर्फ स्वर्ण र प्यार्टनतर्फ सिल्भर मेडल प्राप्त भोजपुरकी सजिना तामाङलाई नगद ५० हजार रुपैया सहित सम्मानपत्र प्रदान गरिएको थियो। 

त्यस्तै केही महिना अघि चीनमा सम्पन्न १९ औ एशियाली खेलकुदमा कबड्डीमा कास्यपदक हासिल गर्ने खेलाडीलालाई  जनही २/२ लाख रुपैयाँ प्रदान गरीएको थियो। कबड्डीतर्फ सम्मानित हुने खेलाडीहरूमा नेपाली राष्ट्रिय टोलीका क्याप्टेन मेनुका राजवंशी, मोरङकी अनुजा कुलुङ राई, इशा राई, कबड्दीकी प्रमुख प्रशिक्षक पार्वती राई छन्। 

यसैगरी चीनमा सम्पन्न १९ औ एसियाली खेलकुदमा कराँतेतर्फ रजत पदक दिलाउन सफल कुशल श्रेष्ठलाई पनि नगद २ लाख सहित सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की लगायतले पुरस्कार वितरण गरेका थिए। 

कार्यक्रमको विषयमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले प्रकाश पारेका थिए भने स्वागत मन्तव्य धनकुटा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.