समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई २३ लाख बोनस

समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई २३ लाख बोनस
सुन्नुहोस्

सङ्खुवासभा : समयमा काम नसक्ने र अक्सर निर्माणका काम अलपत्रपारी निर्माण व्यवसायी नै फरार रहेको समाचारहरू आउँछन्। 

तर सङ्खुवासभामा समय अगाडि नै काम सकेर एक निर्माण व्यवसायी सम्मानित भएका छन्। म्याद भन्दा अगाडि नै काम सम्पन्न गरेबापत निर्माण कम्पनीले थप २३ लाख बोनस समेत प्राप्त गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभाको भवन निर्माण सम्झौता २०७९ वैशाख १६ मा भएको थियो। २०८१ वैशाख १६ मा सम्पन्न हुनुपर्ने योजना ५ महिना २८ दिन अगाडि नै सम्पन्न भएर हस्तान्तरण भएको छ। 

लागत अनुमान ३ करोड ९९ लाखमा ठेक्का आह्वान गरियो भवन निर्माणको जिम्मा पाएको अरुण बरुण निर्माण सेवा कम्पनीले २ करोड ९५ लाखमा नै काम गर्ने गरी सम्झौता गरेको थियो। समय अगावै निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीले सम्झौता भन्दा बढी २३ लाख रुपैयाँ बोनस प्राप्त गरेको छ। 

गत कात्तिक १३ मा नै योजना सम्पन्न गरी भवन हस्तान्तरण गरिएको पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख हिमालय पोख्रेल जानकारी गराए। कात्तिक बाटै कार्यालय सञ्चालनमा रहेको भए पनि सोमबार एक कार्यक्रम बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नवर्निमित भवन उद्घाटन गरेका हुन्। 

यस आर्थिक वर्षमा मात्रै दर्जन बढी योजनाहरूको काम म्याद अगावै सम्पन्न गरेको अरूण बरुण निर्माण सेवा कम्पनी कम्पनीका प्रबन्ध निर्देशक मिगुर शेर्पाले जानकारी गराए। कार्यालयले समयमा भुक्तानी गर्ने हो भने अधिकांश योजना समय अघि नै सम्पन्न गर्न सक्ने शेर्पाले बताए। श्रोत सुनिश्चितता नभइ निर्माण प्रक्रिया सुरु भएकाले निर्माण सम्पन्न भएको महिनौ दिनसम्म पनि भुक्तानी नहुँदा निर्माण व्यवसायीहरू मारमा पर्ने गरेको उनको भनाइ छ। 


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.