सञ्चयकर्ता घुम्ती सेवाबाट तीन सय ७७ सञ्चयकर्ताले सेवा लिए

सञ्चयकर्ता घुम्ती सेवाबाट तीन सय ७७ सञ्चयकर्ताले सेवा लिए
सुन्नुहोस्

खाँदबारी : सङ्खुवासभामा सदरमुकाम खाँदबारीमा कर्मचारी संचय कोष सञ्चालन गरेको सञ्चयकर्ताका लक्षित घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले सेवा लिएका छन्। कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले शुक्रबारदेखि आइतबारसम्म घुम्ती सेवा सञ्चालन गरेको धनकुटा सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले जानकारी दिए। सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो। 

हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरूले धनकुटा तथा विराटनगर पुगेर सेवा लिँदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको प्रमुख सापकोटाले बताए। जिल्लामा नै सेवा प्रवाह हुँदा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाइ छ। घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन्। यस अघि सञ्चय कोषले हस्तलिखत परिचय पत्र वितरण गर्दै आएको थियो। 

गोपनीयता, दुरूपयोग रोक्न र सेवा प्राभावकारी बनाउन डिजिटल परिचय पत्र वितरण गरिएको प्रमुख सापकोटाको भनाइ छ। घुम्ती सेवामा सुत्केरी तथा शिशु स्याहार सुविधा अन्र्तगत १३ जनाले सेवा लिएका छन्। सुत्केरी तथा शिशु स्याहार सुविधामा सञ्चयकर्ताले सात हजार पाँच सय रुपैयाँ प्राप्त गरेको सेवा केन्द्रका सूचना अधिकारी देवानन्द बैजनाथले जानकारी दिए। 

त्यसैगरी अशक्त विशेष सापटी अन्तगत एक जनाले १० लाख रुपौयाँ सापटी समेत लिएका छन्। तीन सय ७२ जनाको केवाइसी अद्यावधिक, आठ जनाको खाता एकीकरण र अवकाश  भएका एक जना सञ्चयकर्ताको छुट भुक्तानी समेत लिएका छन्। घुम्ती सेवाको अवसरमा सय भन्दा बढी सञ्चयकर्ता सँग सेवा प्रवाहका बारेमा अन्तरक्रिया समेत गरिएको थियो। 

सदरमुकाम खाँदबारीमा पनि घर सापटी कर्जा लागु गर्न सञ्चयकर्ताहरूले सञ्चय कोष सँग माग गरेका छन्। कर्मचारी सञ्चय कोषले आफ्नो कार्यालय रहेको जिल्ला केन्द्रित गरेर मात्र घर सापटी कर्जा दिने गरेको छ। हिमाली जिल्लाहरूमा घर सापटी कर्जा लागु गरि सहरीकरणमा टेवा पुग्ने सञ्चयकर्ताहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.