विश्वमा गैंडा २७,०००, बाघ ५,५७४

विश्वमा गैंडा २७,०००, बाघ ५,५७४
फाइल तस्बिर।

काठमाडौं : विश्वमा गैंडाको संख्या बढेर २७ हजार पुगेको छ। पछिल्लो समय गरिएको एक अनुसन्धानले गैंडाको संख्या बढेको देखाएको हो। तर, अझै पनि जाभान र सुमात्रान प्रजातिका गैंडा भने लोपोन्मुख अवस्थामा नै छन्। 

अफ्रिकी गैंडा विशेषज्ञ समूह आईयूसीएन सहितका संरक्षण निकायले जारी गरेको पछिल्लो तथ्यांकले पछिल्लोपटक विश्वमा गैंडाको संख्या २७ हजार पुगेको देखाएको हो। पछिल्लो समय गैंडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुको साथै संरक्षणका कानुनलाई कडाइका साथ मुलुकहरूले कार्यान्वयन गरेकाले गैंडाको संख्यामा सुधार आएको हो। 

यसअघि सिकारीको आक्रमण र बासस्थानको क्षतिबाट गैंडाको संख्या ह्वातै घटेको थियो। एक समय विश्वमा गैंडाको संख्या ५ लाखसम्म पनि पुगेको एक तथ्यांकले देखाउँछ। त्यस यताको पछिल्लो एक दशकमा केही प्रजातिहरू पहिलोपटक पुनरुत्थानसमेत भएका छन्। 

२० औं शताब्दीमा अफ्रिका र एसियामा गैंडाहरूको संख्या लगभग ५ लाख थियो। तर, तिनीहरूको संख्या विनाश भएको छ। पछिल्लो समय केही लोप हुन लागेका प्रजातिहरूको संख्यामा पनि वृद्धि भएको अध्ययनका क्रममा भेटिएको छ। तर, दुई प्रजातिहरू–जाभान र सुमात्रान भने लोप हुने अवस्थामा नै छन्। पछिल्लो अध्ययन र तथ्यांकअनुसार सन् २०१२ पछि पहिलोपटक दक्षिणी सेतो गैंडाको संख्या बढेको छ, २०१२ मा १५ हजार ९ सय ४२ संख्यामा रहेको गैंडा २०२१ म १६ हजार ८ सय ३ पुगेको छ।

यसअघिसम्म विश्वमा सबै गैंडाको संख्या २६ हजार २ सय ७२ अनुमान गरिएको थियो। पूर्वी र दक्षिणी अफ्रिकाका मूल निवासी कालो गैंडाहरू भने आफ्नो सिंगको सिकारका कारण धेरै घटेका थिए। तर, गत वर्ष झन्डै ५ प्रतिशतले यसको संख्या पनि वृद्धि भएको छ। यो २०२१ को अन्त्यमा ६ हजार १ सय ९५ बाट बढेर २०२२ को अन्त्यमा ६ हजार ४ सय ८७ पुगेको छ। 

आईयूसीएन गैंडा समूहका अध्यक्ष डा. माइकल नाइटल भन्छन्, ‘यो तथ्यांक हेर्दा हामी धेरै खुसी छौं। पछिल्लो एक दशकमा हामीले खुसीको श्वास फेर्न पाएका छौं। यो रफ्तारलाई हामीले छाड्नु हुँदैन।’ जाभान र सुमात्रान गैंडाको संख्या बढ्नमा भने खासै सुधार भएको छैन। अब विश्वमा सुमात्रान गैंडाहरू मात्रै ८० को संख्यामा छन्। 

सन् २०२२ मा अफ्रिकामा ५५१ गैंडा मारिएको एक तथ्यांकले देखाउँछ। सेभ द राइनो इन्टरनेसनलका सीईओ डाक्टर जो शाका अनुसार सन् २०२१ मा ५०१ र २०२० मा ५०३ को संख्यामा वृद्धि भएको थियो। त्यसअघि सन् २०१५ मा ठूलो वृद्धिको बीचमा एक हजार ३ सय ४९ अफ्रिकी गैंडा मारिएका थिए। त्यसपछि गैंडाको संख्या ह्वातै कम भएको थियो। 

उनी भन्छन्, ‘सहयोगी संरक्षण कार्यहरूमा दीर्घकालीन लगानीले सेतो, कालो र ठूला एकसिंगे गैंडाहरूको संख्यामा वृद्धि भएको देखेर हामी आश्वस्त छौं। जाभान र सुमात्रान गैंडाले सामना गरिरहेको गम्भीर अवस्थालाई हामीले नै सुधार गर्नुपर्छ। उनीहरूलाई बाँच्नका लागि साथ दिनुपर्छ।’ भारत र नेपालमा, ठूलो एकसिंगे गैंडाको संख्या लगभग ४ हजारमा स्थिर रहेको पनि सो तथ्यांकले देखाउँछ। 

बाघ संरक्षणमा प्रगति 

बाघमा लगानी गर्ने र निगरानी गर्ने तरिकामा उल्लेखनीय प्रगति भएका कारण विश्वमा बाघको संख्या बढेर ५ हजार ५ सय ७४ पुगेको छ। ग्लोबल टाइगर फोरमको एक तथ्यांकअनुसार सन् २०१० यता बाघको संख्या लगभग ७४ प्रतिशतले वृद्धि भएको हो। २०१० मा लगभग ३ हजार २ सय मात्र रहेको बाघको संख्या बढ्नुको कारण संरक्षणमा प्रभावकारी रणनीति नै भएको बताइन्छ।

null

विश्वका बाघ पाइने १३ देशमा गरिएको अध्ययनअनुसार उक्त तथ्यांक सार्वजनिक गरिएको हो। डब्लूडब्लूएफलगायत संरक्षण साझेदारहरूको सहयोगमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने विश्वव्यापी लक्ष्य राखिएको थियो। 

यसलाई एक दुर्लभ र रोमाञ्चक संरक्षण उपलब्धि मानिएको छ। किनभने नयाँ अनुमानले बाघको संख्यालाई बाघको संख्या दोब्बर बनाउने साझा लक्ष्यको नजिक पुर्‍याएको छ। पछिल्लो १२ वर्षमा भुटान, चीन, भारत, नेपाल र रसियामा बाघको संख्या बढेको छ। प्रभावकारी रणनीति र महान समर्पणका कारण केही क्षेत्रमा बाघको संख्या बढ्दै गएपछि अधिकांश क्षेत्रमा बाघको दायरा र बासस्थान घट्दै गएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.