कुटपिटबाट ७५ वर्षीया महिलाको हत्या

कुटपिटबाट ७५ वर्षीया महिलाको हत्या
सुन्नुहोस्

राजविराज : लुडो खेलिरहेका युवाहरुसँगको विवादपछि भएको कुटपिटबाट सप्तरीको राजविराजमा एक वृद्धाको हत्या भएको छ। राजविराज नगरपालिका-१ की ७५ वर्षीया सकिना मियाइनीको कुटपिटबाट हत्या भएको भन्दै मृतककी बुहारी ५२ वर्षीया नजमुन खातुनले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएकी छन्। 

छिमेकीहरू ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै नजमुनले बिहीबार उजुरी दिएकी हुन्। मियाइनीको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सोमबार मृत्यु भएपछि सोही अस्पतालमा मंगलबार पोष्टमार्टम भएको अस्पतालले जनाएको छ। 

राजविराज नगरपालिका-१ स्थित सडकको पूर्व बाँसको चचरीमा बसेर लुडो खेलिरहेका सोही ठाउँका २२ वर्षीय जैउद्दिन, २६ वर्षीय शेराज, २४ वर्षीय रहिम र सफिद रहमानलाई वैशाख २ गते घेरा हाली कुटपिट गरेर रक्ताम्य बनाएको देखी मियाइनीले रोक्न खोज्दा आरोपितहरूले उनलाई समेत निर्घात कुटपिट गरेको मियाइनीका नाती शेराजले बताए। आरोपितहरूको घरमाथि छतमा जम्मा गरेको ढुंगामुढा, पत्थरले प्रहार गरेपछि हातहातमा लाठी, फट्टा, रड लिएर आएका आरोपितहरूले कुटपिट गरेको शेराजले बताए। घटनामा घाइते शेराज, रहिम र जैउद्दिनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार घटनाबारे जानकारी पाएर राजदेबी बिट र जिल्ला प्रहरी कार्यालयबाट टोली पुग्नासाथ आरोपितहरू फरार भएका थिए। घटनामा आरोपितहरूतर्फ राजविराज नगरपालिका–१ का ६५ वर्षीय जमाल, ५४ वर्षीय तफेजुल, ५० वर्षीय तजमुल र उनकी श्रीमती ४८ वर्षीया सगिरा खातुन घाइते भएको तजमुलले बताए । घाइते जमाल र तफेजुलको राजविराजस्थित छिन्नमस्ता अस्पताल तथा तजमुल र सगिराको गजेन्द्रनारायणा सिंह अस्पतालमा उपचार भयो । आरोपितहरूले समेत जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.