पोखरामा आज मुख्यमन्त्रीहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पोखरामा आज मुख्यमन्त्रीहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

पोखरा : गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तरक्रिया हुनेछ। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–

प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ । 

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भएपनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.