रुकुम पूर्वमा गुरिल्ला रेस

रुकुम पूर्वमा गुरिल्ला रेस
सुन्नुहोस्

रुकुम पूर्व : शनिबार सम्पन्न छापामार अथवा गुरिल्ला रेस प्रतियोगितामा ५२ किलोमिटरतर्फ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-३ का भुवन ओली प्रथम भएका छन्।

जिल्लाको भूमे गाउँपालिकाले द्वन्द्वको सम्झना स्वरुप सञ्चालन गरेको प्रतियोगितामा ओलीले ६ घण्टा ८ मिनेट ९ सेकेण्डमा दूरी पार गरेर उपाधि जितेका हुन्। सोही स्थानका अर्जुनकुमार बस्नेतले ६ घण्टा ८ मिनेट १९ सेकेण्डमा दूरी पार गरेर दोस्रो बने। 

भूमे-३ का शक्तिराम रोका ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो र ६ घण्टा २३ मिनेट १ सेकेण्डमा दौड पूरा गर्दै थवाङ १ रोल्पाका मनकुमार रोकामगर चौंथो बने। 

महिलातर्फ भने सोलुखुम्बुकी अनिता राई विजेता बनिन्। उनले ९ घण्टा १० मिनेट ३ सेकेण्डमा दूरी पार गरेकी थिइन्। 

९ घण्टा १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै भूमे गाउँपालिका-८ की सोनिका खड्का द्वितीय र १० घण्टा १५ मिनेट २ सकेण्डमा दूरी पार गर्दै भूमे ६ की अनिता बुढामगर तृतीय भइन्।

महिला र पुरुष तर्फको पुरस्कार समान रहेको छ। विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौंथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार पाएका छन्। पाँचौंदेखि दशौं स्थानसम्म हाँसिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार पाएका छन्। 

यसैगरी १० किलोमिटरमा पुरुष तर्फ भूमे-२ जंगाधाराका आकाश रोका मगर र महिला तर्फ भूमे-२ खाबाङका प्रिया पुन मगर प्रथम भएका छन्। आकाशले १ घण्टा १२ मिनेटमा र प्रियाले १ घण्टा ४३ मिनेटमा दूरी पार गरे। 

यसमा प्रथमले १० हजार, द्वितीयले ७ हजार ५ सय, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार ५ सय रुपियाँ सहित मेडल, प्रमाणपत्र पाएका छन्। पाँचौँदेखि दशौं स्थान हासिल गर्ने प्रतियोगीले प्रतिव्यक्ति १/१ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । 

तत्कालीन माओवादी आन्दोलनका बेला पूर्वी रुकुम र रोल्पा अन्तर्गतका पदमार्गमा सोही आन्दोलनका लडाकुहरुले प्रयोग गरेको बाटोमा द्वन्द्वको सम्झना स्वरुप प्रतियोगिता सञ्चालन गरिएको हो। 

सशस्त्र युद्ध ताका तत्कालीन माओवादीले सिस्ने जलजला (सिज) अभियान सञ्चालन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.