रुपन्देहीको सीमामा आँखा जाँच शिविर सञ्चालन

रुपन्देहीको सीमामा आँखा जाँच शिविर सञ्चालन

भैरहवा : रुपन्देहीको सीमानाका बेलहियामा भएको निःशुल्क आँखा (दृष्टि) तथा चश्मा जाँच शिविरमा एक सय ४२ जना चालक लाभान्वित भएका छन्।  

नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत श्री रण अम्बिका शाह आँखा अस्पताल, हेल्थ डेस्क बेलहियाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा बेलहियामा भएको सवारी चालक लक्षित सवारी दुर्घटना सचेतना एवं निःशुल्क दृष्टि तथा चश्मा जाँच कार्यक्रममा एक सय ४२ जना चालक लाभान्वित भएका हुन्। 

शिविरमा बस, ट्रक, कार, ई-रिक्सा लगायत सवारी चालकमा शिविरबाट लाभान्वित भएका हुन्। ‘सवारी चालकहरूले सवारी साधन चलाए पनि आँखाको कमजोरीले पनि सवारी दुर्घटना हुन सक्ने भएकोले दुर्घटना न्यूनीकरणको उद्देश्यले चालकहरूको आँखा तथा चश्मा जाँच शिविर सञ्चालन गरेका हौँ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले भने, ‘शिविरका कारण आँखामा समस्या देखिएका र नदेखिएका चालकहरू समेत समयमै सचेत भएका छन्।’

सवारी चालक अनुमति पत्र प्राप्तिका लागि आँखा (दृष्टि) स्वस्थ हुनुपर्छ। तर, वर्षौ अघि स्वस्थ आँखा (दृष्टि) कै आधारमा सवारी चालक अनुमति पत्र पाएका चालकहरूले आँखाको हेरचाह नगर्दा शिविरमा करिब ४० प्रतिशत चालकको दृष्टिदोष समस्या (नजिक र टाढा हेर्न कठिनाइ) देखिएको प्रमुख पन्तले बताए।

शिविरमा जाँच गरिएकोमध्ये चार जना चालकको आँखामा मोतियाविन्दु देखिएको र करिब ६० प्रतिशत चालकको आँखा स्वस्थ पाइएको उनले बताए।

‘शिविरमा १ एक सय ४२ जना चालक मध्य चार जना चालकमा मोतियाविन्दु पाइएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको छ’ उनले भने, ‘उक्त चार जना चालकको आँखामा देखिएको मोतियाविन्दु शल्यक्रियाका लागि हामीले निःशुल्क (रगत जाँच बाहेक) व्यवस्था समेत मिलाएका छौँ।’

प्रहरीलाई समुदायको साथ आवश्यक रहेकोले समुदाय अन्तर्गतकै चालकहरूलाई लक्षित गरी सीमा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए।

‘हामी समुदायसँग सधै काँधमा काँध मिलाएर हिँड्न चाहन्छौं र हिँडिरहेका पनि छौँ, समुदायको सहयोग विना प्रहरी संगठनको उद्देश्य पनि पूरा कठिन हुन्छ’ उनले भने, ‘तसर्थ हामीले सवारी चालक लक्षित सवारी दुर्घटना सचेतना एवं निःशुल्क दृष्टि तथा चश्मा जाँच कार्यक्रम गरेका हौँ।’

अपराधमुक्त समाज निर्माणमा समुदाय प्रहरीको साथमा रहेकोमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ। शिविरमा चालकहरूको आँखा तथा चश्मा जाँचका क्रममा उनीहरूलाई सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना समेत प्रदान गरिएको छ। 

उनीहरूलाई सवारी साधन चलाउँदा अपनाउनु पर्ने नियमका बारेमा सचेत गराइएको भने सवारी चालक अनुमति पत्र साथ राख्ने, कम गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी भार नबोक्ने लगायत विषयमा सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.