कुम्भमेलामा २० लाख भक्तजनले स्नान गरे

कुम्भमेलामा २० लाख भक्तजनले स्नान गरे
सुन्नुहोस्

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतराधाममा चैत २७ गतेदेखि सुरु भएको एकमहिने कुम्भ मेलामा २० लाख भक्तजनले स्नान गरेका छन्। १२ वर्षपछि आयोजना भएको कुम्भ मेलामा शुक्रबारसम्म २० लाख भक्तजनले सप्तकोसीमा स्नान गरेको मेला आयोजक समितिका सचिव चन्द्र मगरले जानकारी दिए।

चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म कुम्भ मेला लाग्ने छ। कुम्भ मेलामा आउने भक्तजनले चतरास्थित सप्तकोसी नदीमा स्नान गरि बराहक्षेत्र मन्दिर धरानको पिण्डेश्वर मन्दिरमा दर्शन गरेर फर्कने गरेका छन्। 

भक्तजनका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले निःशुल्क रुपमा व्यवस्था गरेका छन्। कुम्भमा आउने भक्तजन बिरामी पर्दा उपचारको व्यवस्था समेत गरिएको छ। नेपालमा पहिलो पटक २०५९ चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। 

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाका रूपमा अर्धमहाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा बरदान प्राप्ति हुने विश्वास गरिन्छ। बराहक्षेत्रको चतरामा प्रत्यक १२ वर्षमा महाकुम्भ मेला र ६ वर्षमा अर्ध कुम्भमेला आयोजना गरिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.