पक्राउ पर्ने डरले धमाधम निर्माणमा जुटे ठेकेदार

पक्राउ पर्ने डरले धमाधम निर्माणमा जुटे ठेकेदार

बेंसीशहरः लमजुङमा बर्षौसम्म पुल निर्माण अलपत्र पारेर बसेको दुई निर्माण कम्पनीले काम सुरु गरेका छन् । समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया थालेसँगै उनीहरू पुल निर्माणमा जुटेका हुन् ।

निर्माण सुरु गरेको सात वर्षसम्म सम्पन्न नगरी बेवारिसे बनाइएको बेसीशहर–११ र दोर्दी–४ जोड्ने दोर्दीखोला पुल निर्माण सुरु गरिएको हो । पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको थियो । डिभिजन सडक कार्यालयको साथै स्थानीय तह, सांसद् र स्थानीयले पटक पटक आग्रह गर्दापनि ठेकेदार कम्पनी काम छोडेर हिँडेका थिए । 

०६८ चैतमा शिलान्यास गरिएको उक्त पुलको निर्माण सम्पन्न हुनुपर्ने म्याद ०७० असारसम्म थियो । तर, ०७५ असार लाग्न लाग्दापनि पुलको आधा काम भएको छैन । गृहमन्त्री रामबहादुर थापा बादलले समयमा नै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएपछि लमजुङ प्रशासनले उक्त कम्पनीको खोजी गरेको थियो । 

‘हामीले कारबाहीका लागि प्रक्रिया अघि बढाएका थियौँ, उहाँहरू (ठेकेदर कम्पनी) काम गर्न थाल्नुभयो’, लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने, ‘अब नियमित काम गरेर पुल सम्पन्न गर्छु भनेर प्रतिबद्धता जनाएका छन् ।’ 

उनले पुल निर्माणको अनुगमन गरिएको र फेरि काम छोडेर गएमा पक्राउ गर्ने चेतावनी निर्माण कम्पनीलाई दिइसकेको बताए । ०६८ चैतमा शिलान्यास भएर काम अघि बढेकोमा अहिलेसम्म खोलामा ३ वटा पिलर, एकातर्फ केही ‘सपोर्टिङ वाल’ र एक तिहाइ भागमा ट्रस राखेर ढलान गरिएको छ । ७५ मिटर लम्बाइ र ६ दशमलव २५ मिटर चौडाइको यो पुल बनाउन करिब ४ करोड रुपैयाँ लागत रहेको छ । 

पुल बनाउने ठेक्का पाएको सपना–जयबाबा जेभीले काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय दमौलीका प्रमुख डिभिजन इन्जिनियर भानु जोशीले बताए । लामो समयसम्म पनि पुल नबनाउने ठेकेदार कम्पनीलाई कारबाही नगरी म्याद थप गरिरहने डिभिजन सडक कार्यालयको नियतमा भने जिल्लाबासीले असन्तुष्टी जनाउँदै आएका थिए ।

दोर्दीखोलामा पुल नबन्दा त्यस करिडोरमा निर्माणाधिन चारवटा जलविद्युत् आयोजना प्रभावित बन्दै आएका छन् । निर्माण गर्दा ढुवानीका साधना वारपार गर्नुपर्ने दोर्दीखोलामै पुल नबन्दा निर्माणमा ढिलाइ भएको छ । पुल नहुँदा निर्माणाधीन आयोजनालाई सामान ढुवानीका साधना आउजाउमा समस्या हो । 

पुल नबन्दा जलविद्युतका निर्माण सामग्री भित्र्याउन समस्या परेको आयोजनाका सञ्चालकले बताएका छन् । यसले आयोजनाको निर्माणमा पनि ढिलाइ भएको छ । समय लम्बिँदै गएकाले जलविद्युत् आयोजनालाई आर्थिक भार थपिँदै गएको छ ।

वर्षायाममा बाढी आइरहने र हिउँदमा आफैँले राखेका हयुमपाइप फुट्ने हुनाले निर्माणस्थलसम्म सहजै निर्माण सामग्री पु¥याउन नसकिएको पिपुल्स हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक केशवबहादुर रायमाझीले बताए ।

दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले उक्त पुल नबन्दा निर्माणाधीन आयोजनामा मात्रै नभएर सिङ्गै गाउँपालिकाका बासिन्दा समस्यामा परेको बताए । पुल नबन्दा दोर्दी क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनीलगायतका स्थानीयलाई आवतजावत, खाद्यान्न ढुवानीलगायतमा समस्या परेको उनले बताए ।

यता राइनास नगरपालिकाको बोराङखोला पुल निर्माण अलपत्र छाडेर हिँडेका निर्माण कम्पनी पनि काममा फर्किएको छ । गत आर्थिक वर्षको असारमा काम सक्नेगरि ठेक्का लिएको अधिकारी निर्माण सेवा गोरखा काम छोडेर हिँडेको थियो । 

काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने सरकारको तयारीसँगै उक्त कम्पनीका व्यवसायी डालनाथ अधिकारी काममा फर्किएका छन् । ‘अधिकारी पनि प्रशासनमै आएर काम गर्ने प्रतिबद्धता जनाएर काममा फर्किएका हुन्’, प्रजिअ ढकालले भने, ‘यही असारमा काम सक्नु भनेका छन्, काम भएन भने कारबाही गर्छौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.