भूकम्प पीडितलाई नयाँ विद्यालय भवन

भूकम्प पीडितलाई नयाँ विद्यालय भवन

 हेटौंडा ः मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपलिका–३ सरिखेतस्थित सुर्यदय उच्च माविका विद्यार्थीहरुले पक्की भवनमा बसेर पढ्न पाएका छन्। भूकम्पले विद्यालय भवन भत्किएपछि टहारामा पढाई हुँदै आएको उक्त विद्यालयको चार कोठे भवन र छात्राबास रोटरी क्लव अफ हेटौंडाको समन्वयमा निर्माण भएको हो।

भवनको बिहीबार एक कार्यक्रमकाबीच तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे। अस्टे«लियन रोटरीको ६७ लाख ८९ हजार रुपैयाँ सहयोगमा चार÷चार कोठाका दुई वटा निर्माण भएको हो। सिमान्तकृत चेपाङ र बिपन्न तामाङ विद्यार्थीको बाहुल्य रहेको सुर्यदय माविमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाले अझ चारवटा कक्षा कोठा अभाव रहेको बताए। ‘भूकम्पका कारण पुरानो भवनहरु चर्किएर बस्न नसक्ने भएको छ, अझै केही कक्षाहरु जिर्ण भवनमा नै सञ्चालन गर्नुपरेको छ’,उनले भने।

भूकम्पका कारण समस्यामा रहेको विद्यालयका लागि रोटरीले २०७३ मंसिर ५ गते विद्यालय र छात्रावास भवनको शिलान्यास गरेको थियो। रोटरीले मकवानपुरमा सुर्योदय सहित पाँच विद्यालयको पुर्वाधार निमार्णमा काम गरेको छ। क्लबले हेटौंडाको सरस्वती प्रावि, नबलपुर, भृकुटी प्रावि उत्तरपानी, जनजागति मावि रातोमाटे र वालज्योती मावि पिप्लेमा पुर्वाधार निर्माणको काम गरेको हो।

ती विद्यालयमा एक करोड ४८ लाख ६५ हजार ती सय तीन रुपैयाँ खर्च गरेको क्लबका अध्यक्ष उज्जवल शर्मा भण्डारीले जानकारी दिए। अष्ट्रेलियाबाट काम गर्नका लागि एक करोड ६० लाख एक हजार दुई सय ३५ रुपियाँ प्राप्त भएको थियो।

शैक्षिक विकासका शिक्षक प्रतिबद्ध हुन आवश्यक

कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेलले शैक्षिक विकासका लागि अध्यापन गराउने शिक्षकहरु जिम्मेवार बन्नु पर्ने बताएका छन्। ‘विद्यालयमा अध्यापन गराउँने शिक्षक जिम्मेवार नहुदा सामुदायीक बिद्यालयको शिक्षाको स्तर खस्किएको गुनासो आईरहेको छ’, उनले भने, ‘तपाईहरु जिम्मेवार भएर काम गर्नुहोस्, सरकारले त्यसको उचित मुल्याङ्कन गर्छ।’

साथै उनले सबै जिम्मेवार बनेमात्र विकास र समृद्धिको सपना सकार हुने बतए। ‘सरकारले मात्र केहि गर्न सक्दैन। सबैको सहयोग र तत्परता रहे आउँदो पाँचबर्षमा मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्छ’,पौडेलले भने। अहिले विकासको गति राजनितिक दाउँपेचका कारण कम्जोर बनेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.