विषादी मापन प्रयोगशाला भद्रगोल

विषादी मापन प्रयोगशाला भद्रगोल

बिर्तामोड : प्रदेश १ को लागि झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी मापन प्रयोगशालाको एउटा कोठा छ। त्यसमै एकातर्फ ल्याबका उपकरण राखिएका छन्। एक छेउमा कु्र्सी र कम्युटर छन्। कार्यालयको काम पनि त्यहींबाट हुन्छ।

परीक्षणका लागि ल्याइएका तरकारी तथा फलफूलको नमुना टेबलमुनि छरिएका हुन्छन्। सेवाग्राही प्रयोगशालामा आउँदा बस्ने ठाउँ छैन। कर्मचारी बसेकै कुर्सी आउनेलाई छाडिदिनुपर्छ। उबेलै तरकारी तथा फलफूलको विषादी मापन गर्ने काम हुन्छ। कोही आगन्तुक आए त काम रोकेर बस्नुपर्छ। आफ्नै भवन वा कार्यालय सञ्चालन गर्न पर्याप्त कोठा नहुँदा प्रदेश १ मा आयतीत तथा उत्पादित फलफूल तथा तरकारीको रसायनिक विषादी मापन गर्ने बिर्तामोडको यो प्रयोगशाला लथालिंग अवस्थामा चलेको छ।

कृषि उपज बजार समितिको कार्यालयसँगै एउटा कोठामा कार्यालयका सम्पूर्ण काम सञ्चालन गर्नु प्रयोगशालाका कर्मचारीलाई सहज छैन। ‘प्रदेश १ को कार्यालय भनिएको छ, न आफ्नै भवन, न पर्याप्त कोठा नै’, प्रयोगशालाकी कर्मचारी प्राविधिक सहायक अञ्जु आचार्य भन्छिन्, ‘सानो कोठामा सबै काम गर्न पर्दा धेरै समस्या छ।’

तरकारी तथा फलफूलको रसायनिक विषादी परीक्षण गर्न ल्याब खोले केमिकलको गन्धले प्राविधिकबाहेक अरू कर्मचारीभित्र बस्न सक्दैनन्। केमिकलले आँखा र नाक पोल्ने हुँदा त्यस अवधिभर बाहिर बस्नुपर्छ। ‘ल्याबमा केमिकलको काम हुन्छ, फरक ड्रेस लगाउनुपर्छ, सबै सो स्थानमा जान पनि नमिल्ने हो तर के गर्ने सबै काम एकै ठाउँबाट गर्नुपर्ने बाध्यता छ’, उनी भन्छिन्।

एक वर्षअघि जेठ महिनाबाटै प्रयोशाला सञ्चालनमा आएको हो। तर, यतिका अवधि बित्दासमेत सरकारले यसको भौतिक पूर्वाधार सुधारमा ध्यान दिएको छैन।

केन्द्र स्थापनापछि जग्गा खरिद गरी भवन निर्माण वा भाँडामा लिएर कार्यालय सञ्चालन गर्न सरकारले पुनः कुनै चासो दिएको छैन। बाली संरक्षण निर्देशनालयसँगको सहकार्यमा कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले सामान खरिद गरी केन्द्र स्थापनाको गरेको थियो। यसपछिका सबै व्यवस्थापन कृषि विकास मन्त्रालयको भए पनि मन्त्रालयले चासो नदिएको केन्द्रका प्रमुख अधिकृत राजेन्द्र खरेल बताउँछन्। केन्द्रले हाल तरकारी र फलफूलमा प्रयोग हुने कार्बामेट्स र अर्गानोफोस्फेट ग्रुपअन्तर्गतका विषादी परीक्षण गर्छ।

प्रदेश १ का जिल्लाहरूमा उत्पादित र आयातीत तरकारी तथा फलफूलको नमुना संकलन गरी यो केन्द्रमा रसायनिक विषादीको परीक्षण गर्नुपर्ने हो। तर, तरकारी आयातनिर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर बिर्तामोडमा विषादी परीक्षण प्रयोगशाला सञ्चालमा ल्याइएको भए पनि यहाँ प्रायः झापाका मात्रै विषादी परीक्षण हुन्छ। यहाँ दैनिक तीन÷चार वटा नमुना परीक्षण हुने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.