समिकरणबारे प्रधानमन्त्रीको ट्वीटले तरङ्ग, कसमाथि यो प्रहार ?

समिकरणबारे प्रधानमन्त्रीको ट्वीटले तरङ्ग, कसमाथि यो प्रहार ?

कसैले चाहँदैमा सरकार ढल्दैन 

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो एउटा ट्विट गरे । जसले अहिले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । 

नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रिया अन्तिममा पुगेको चर्चा भइरहेका बेला प्रधामन्त्री ओलीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट गरेको ट्विटले धेरै प्रश्न पनि जन्माएको छ ।

एमाले विपक्षमा उभिएका बेला माओवादी र कांग्रेसले फौजदारी अभियोग लागे पनि सांसदहरु निलम्वित नहुने प्रावधानसहितको प्रस्ताव सं‌सदमा अघि बढाएपछि ओलीको यस्तो धारणा आएको हो ।

प्रधानमन्त्रीले समिकरण फेर्न बानी परेकाहरुलाई भन्दै ट्विटमार्फत कडा प्रतिक्रिया दिएपछि यसबारे बहस सुरु भएको छ ।  ओलीले ट्वीट गर्दै भनेका छन्, 'हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौँ। आफ्नो दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।'   

ओलीको यो ट्विट कतिपयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित भएको टिप्पणी गरेका छन् । अर्का पक्षले भने प्रधानमन्त्रीको प्रहार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित रहेको तर्क पनि गरेका छन् । 

त्यसैगरी प्रमको यो ट्विट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको सहकार्यमाथि व्यङ्ग्य हुन सक्ने पनि केहीको धारणा छ । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको यो ट्वीट राजनीतिक अस्थिरतामाथि केन्द्रित भएको बताए । ‘प्रमको यो ट्वीट कुनै दलमाथि लक्षित होइन, राजनीतिक अस्थिरताबारे चिन्ता व्यक्त गरिएको हो’, उनले भने, ‘तीनवटा निर्वाचन सकिएपछि मुलुकले विकास र समृद्धिको गति लिन थालेको छ । यसैलाई पनि केन्द्रित गरेर प्रमले धारणा सार्वजनिक गर्नुभएको हो ।’

अर्यालले यो सरकार दुईतिहाइ बहुमतको शक्तिशाली भएकाले कसैले चाहेर पनि अस्थिरता हुन नसक्ने पनि उल्लेख गरे । ‘दुईतिहाइ बहुमतको सरकार भएकाले अब कसैले चाहेर अस्थिरता हुँदैन’, अर्यालले भने, ‘प्रधानमन्त्रीबाट आएको यो धारणा सामान्य हो, बलियो सरकार भएकाले कसैले ढाल्न सक्ने कुरै छैन ।’
 

माओवादी केन्द्रका अध्यक्ष दाहाल विगतदेखि नै सत्ता फेरबदलमा खेलाडी रहेकाले उनैलाई प्रहार गरिएको बताउने तप्का पनि एकातिर छ । तर, अर्को पक्षले भने माओवादीसँग एकताको टुंगो लाग्न लागेको अवस्थामा ‌ओलीले माओवादीलाई फकाउन गरेको प्रयासप्रति लक्षित रहेको धारणा राखेको छ । 

गत वैशाख ९ गते अर्थात कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन नै पार्टी एकीकरण गर्ने घोषणा असफल भएपछि दुई पार्टीबीचको एकताप्रक्रिया लम्बिँदै गएको छ । 

पछिल्लो समय दाहाल, भट्टराई र यादवको सहकार्यको चर्चा चलिरहेको अवस्थामा ओलीले यही ट्विटमार्फत आफ्नो धारणा ल्याएको पनि बताइन्छ । 

प्रमको ट्विटको जवाफ दिँदै एकजनाले लेखेका छन्, 'प्रचण्डले फोरम मिलाउन लागेको सन्दर्भमा पुष्ट्याई दिनुभएको हो ? समिकरण फेरबदलका प्रश्न फेरि उठेका हुन् । यसलाई राम्रो ट्रिटमेन्ट आवश्यक छ प्रमज्यू अब देशले अस्थिरता खेप्न सक्दैन ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.